बिद्यालय ह्याण्डवलमा दोश्रो चरणका खेलहरु सम्पन्न

?????????????
दोश्रो एकता बुक्स अन्तर बिद्यालय छात्र÷छात्रा ह्याण्डवल प्रतियोगित अन्तर्गत बुधवार दोश्रो चरणका खेलहरु सम्पन्न भएका छन । छात्र तर्फको खेलमा लिटिल स्टेपले चिल्डे«न एकाडेमीलाई १४–१२ गोल अन्तरले पाखा लगाउँदै सेमीफाइनलको यात्रा तय गरेको छ । त्यसै गरि अर्को खेलमा मउन्ट अन्नपुर्णले गण्डकी वोर्डिङ्गलाई १४–१०, शैनिक महाविद्यालयले सरस्वती लाई ११–६ र सोसियल पव्लिकले जनप्रियलाई १०– ६ को गोल अन्तरले पराजित गर्दे सेमिफाइनलमा स्थान पक्का गरेको छन । फाइनल यात्रा तय गर्नका लागि शैनिकले लिटिल स्टेप तथा माउन्ट अन्नपुर्णले सोसियल पव्लिक संग भिडने छन ।
यसै गरि छात्रा तर्फको खेलमा माउन्ट अन्नपुर्ण उच्च मावीले पोखरा एकडेमीलाई ४–३ ले लिटिल स्टेपले जनप्रिय लाई ९–४ ले गण्डकीले सरस्वतीलाई ४–२ र ज्ञानज्योतीले सोसियललाई ९–२ को गोल अन्तरले पाखा लगाउँदै सेमीफाइनलमा प्रवेश गरेका छन । विहिवार हुने सेमीफाइनलमा छात्रा तर्फ गण्डकी ले माउन्ट अन्नपुर्ण संग र लिटिल स्टेपले ज्ञान ज्योती संगको भेट पक्का गरेका छन ।

Comment