रेन्बुकाइमा लामा निर्विरोध

renbukai1
नेपाल रेन्बुकाइ कराते डो संघको दोश्रो साधारण सभाले रेशमलाल लामा (तामाङ) को अध्यक्षतामा १३ सदस्यीय केन्द्रीय कार्यसमितिनि र्विरोध चयन गरेको छ । लामा अघिल्लो कार्यसमितिमा महासचिव थिए । प्रेमलाल बोम्जनले सह–अध्यक्ष, कमलराज लामाले वरिष्ठउपाध्यक्ष, शिवबहादुर बस्नेतले उपाध्यक्ष, बुद्धवीर लामाले महासचिव, डिलकुमारी नेपालले सचिव तथा सुस्मिता गुरुङले कोषाध्यक्षको जिम्मेवारी पाए । युद्धलामा, रमेश तामाङ, दशरथ चन्द, रामप्रसादखनाल, शेशुका राई तथा हीरादेवी राई सदस्यमा चयन भए ।
अनिता परियार र गणेश विक उपाध्यक्ष तथा गोविन्दकुमार महर, पेमा तामाङ, तिलक भण्डारी, जितकुमारी घर्ती मगर र आशिष आले मगर सदस्यमा मनोनित भएको नवनिर्वाचित अध्यक्ष लामाले जनाएका छन् ।

Comment