राजेन्द्रलाई आर्थिक तथा खेल सामग्रि हस्तान्तरण

karate1
सतुङगल बोशी गाऊस्थित इटा भट्टामा मजदुरी गर्ने १२ बर्षिय करातें खेलाडी राजेन्द्र राईलाई आर्थिक तथा खेल सामाग्रि सहयोग प्रदान गरीएको छ । राजेन्द्रलाई बोशी गाऊ स्थित उनी अध्ययनरत भैरवनाथ निमाबीमा पुगी आर्थिक तथा खेल सामाग्रि हस्तान्तरण गरीएको हो । राजेन्द्रलाई किरात राई खेलकुद संघ र राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गतको तालिम तथा प्रशिक्षण बिभागका उपनिर्देशक महेन्द्र राईले नगद सहयोग हस्तान्तरण गरेका हुन् ।
राजेन्द्रलाई किरात राई खेलकुद संघ र संघका अध्यक्ष समेत रहेका बरिष्ठ करातें प्रशिक्षक राईले पाँच–पाँच हजार गरी १० हजार हस्तान्तरण गरे । सो रकम राईले राजेन्द्र र उनका पिता दीपकलाई हस्तान्तरण गरेका थिए । प्रशिक्षक राईले राजेन्द्रको पढाईमा सहयोग पुगोस भन्ने उदेश्यले आफ्नो तलवबाट पाच हजार सहयोग गरेको बताए ।
राजेन्द्रलाई सम्झना ल्याब्रेटोरी क्लिनीकका सञ्चालक उर्दीप जोशी र उनको परिवारले ४५ हजार बराबरको खेलकुद सामाग्रि हस्तान्तरण गरेको छ । नेपाली रक ब्यान्ड कबवेबका लिरीसिस्ट समेत रहेका उर्दीपले राजेन्द्र र उनको टे«निङ सेन्टरलाई करातें गी, ग्लोब्स, स्पायरीङ प्याड लगायत सामाग्रि हस्तान्तरण गरेका हुन् । भैरवनाथ निमाबीको कक्षा चारका प्रथम बिद्यार्थी राजेन्द्र र उनको परिवार नजिकैको एक इटा भट्टामा मजदुरी गर्छन् । करातें प्रशिक्षक संघरत्न महर्जनसंग एक बर्ष यता करातें सिक्दै आईरहेको राजेन्द्र अघिल्लो महिना राजधानीमा आयोजित दोस्रो सदस्य सचिव कप राष्ट्रिय करातें प्रतियोगिताको २० केजी तौल समुहमा स्वर्ण जिते पछि चर्चामा आएका थिए । उनि सोही प्रतियोगितामा उत्कृष्ट फाईटर समेत घोषित भएका थिए ।

Comment