काठमाडौं र ललितपुर पहिलो

table tennise
ओलम्पिक डेको अवसरमा आयोजित उपत्यकाव्यापी टिम टेबलटेनिस प्रतियोगिताको पुरुषमा काठमाडौं आइतबार पहिलो भएको छ । ललितपुर दोश्रो र भक्तपुर तेश्रो भए ।स्पोर्ट्स फर अल कमिसन तथा अखिल नेपाल लनटेनिस संघद्वारा संयुक्त आयोजित प्रतियोगिताको महिला टिम इभेन्टमा ललितपुर पहिलो, काठमाडौं दोश्रो र भक्तपुर तेश्रो बने ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको एकदिने प्रतियोगिताका विजेतालाई टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्य, ओलम्पियन संगीना वैद्य, टेबलटेनिस संघका उपाध्यक्ष धर्ममान वज्राचार्यलगायतले पुरस्कृत गरे ।

Comment