कोटेश्वर र स्युचाटार पहिलो

koteswar1
ओलम्पिक डेको अबसरमा आयोजित प्रथम कोटेश्वर किड्स च्याम्पियनसीपको उपाधि आयोजक कोटेश्वर तेक्वान्दो डोजाङ्गले जितेको छ । यसैगरी, कोटेश्वर किड्स पुम्से च्याम्पियनसीपको उपाधि स्युचाटार तेक्वान्दो डोजाङ्गले जितेको छ । ग्योरोगीको च्याम्पियन कोटेश्वरले पाच स्वर्ण, पाच रजत तथा पाच काश्य पदक हात पा¥यो । दोश्रो भएको चुनदेवीले तीन स्वर्ण, एक रजत र तीन काश्य पदक जित्यो । यसैगरी, तेश्रो भएको बिजेश्वरी डोजाङ्गले दुइ स्वर्ण, तीन रजत तथा एक काश्य पदक जित्यो ।
पुम्सेमा स्युचाटारले तीन स्वर्ण र एक रजत पदक जित्यो । दोश्रो भएको बिजेश्वरीले दुइ स्वर्ण पदक हात पा¥यो । एक स्वर्ण सहित सगरमाथा तेश्रो भयो । ग्योरोगीको महिला २५ किलोमा बिजेश्वरीकी सिमा थामा मगर पहिलो, ढल्कोकी पासाङ्ग तामाङ्ग दोश्रो तथा मुलपानीकी प्रगती कुइकेल र दिलिप स्मृती ब्वाइज युनियनकी दिलिया श्रेष्ठ तेश्रो भए । महिला २८ किलोमा युनाइटेडकी सुप्रीमा बजगाइ पहिलो, कोटेश्वरकी सन्ध्या लामा दोश्रो तथा विजेश्वरीकी लक्ष्मी मगर पुस्पाञ्जलीकी सरिता तामाङ्ग तेश्रो भए । महिलाकै ३० किलो तौल समुहमा चुनदेवीकी समत जिरेल पहिलो, बिजेश्वरकी दिपेश्वर गुरुङ्ग दोश्रो तथा कोटेश्वरकी इच्छिका राना र सेजल राइ तेश्रो भए । महिला ३३ किलोमा बिजेश्वरकी सरिस्मा शाह पहिलो, दिलिप स्मृतीकी दिपा श्रेष्ठ दोश्रो तथा पुस्पाञ्जलीकी सरिता घले र सगरमाथाकी दावा छिरिङ्ग शेर्पा तेश्रो भए । ३५ किलोम ादिलिप स्मृतीकी रिना लामा पहिलो बिजेश्वरकी अस्मिता मल्ल दोश्रो तथा पासाकी पासाङ्ग तामाङ्ग र पुस्पाञ्जलीकी जेस्ना सिलवाल तेश्रो भए ।
पुरुष १६ किलो तौल समुहमा स्युचाटारका राजेन्द« थामी पहिलो, कोटेश्वरका इमोन राना दोश्रो तथा पुस्पाञ्जलीका आर्यन श्रेष्ठ तेश्रो भए । १८ किलोमा कोटेश्वरका सुदिप श्रेष्ठ पहिलो, चनुदेवीका रमन सुनुवार दोश्रो तथा कोटेश्वरका अपर्ण खत्री र ढल्कोका सन्तोष राइ तेश्रो भए । २२ किलोमा युनाइटेडकी सुप्रीम बजगाइ पहिलो,कोटेश्वरका सुरेस तामाङ्ग दोश्रो तथा चुनदेवीका विराज तामाङ्ग र पुस्पाञ्जलीका सुबिन कार्की तेश्रो भए । २५ किलो तौल समुहमा चुनदेवीका विराज खत्री पहिलो, ढल्कोका बिसाल मोक्तान दोश्रो तथा दिलिप स्मृतीका किरण तामाङ्ग र सितापाइलाका मोती देवकोटा तेश्रो भए । २८ किलोमा स्युचाटारका सागर भट्टराइ पहिलो, सितापाइलाका अस्मिन रिजाल दोश्रो तथा कोटेश्वरका अरुण तीबारी र ढल्कोका दिपेस नेपाली तेश्रो भए । ३० किलोमा कोटेश्वरका सुजन तामाङ्ग पहिलो र मनीष राना दोश्रो भए । सितापाइलका कृष्ण अधीकारी र युनाइटेडका रुपेस तामाङ्ग तेश्रो भए । ३३ किलोमा सितापाइलाका सन्देस गीरी पहिलो, मुलपानीका मनीष थामी दोश्रो तथा दिलिप स्मृतीका विसाल लामा र चुनदेवीका राहुल साह तेश्रो भए । ३६ किलोमा चुनदेवीका प्रबीण लीम्बु पहिलो, सरितका जुबेर अनसारी दोश्रो तथा दिलिप स्मृतीका राजकुमार बराइली र न्यु गोल्डका सन्तोष सिलवाल तेश्रो भए । ४० किलोमा कोटेश्वरका दिनेस साउद पहिलो, युनाइटेडका पुजन खड्का दोश्रो तथा स्युचाटारका विधान श्रेष्ठ र सितापाइलाका सौरभ श्रेष्ठ तेश्रो भए । ३८ किलोमा कोटेश्वरका श्रीकृष्ण कार्की, टपेन्द« साउद र बृजल राइ शिर्ष तीनमा रहदा बिंशखुका गौरव विष्ट पनि तेश्रो भए ।
ग्रुप पुम्सेमा रिता श्रेष्ठ, निसा राइ र सरिता गुरुङ्ग सम्मीलीत टिम बिजेश्वरी पहिलो भयो । हिमानी थापा मगर, सन्ध्या लामा र विवेक लामा सम्मीलीत कोटेश्वर दोश्रो तथा सबिर रावल, सुलभ सिम्खडा र जुबेर अन्सारी सम्मीलीत चितवन टिम तेश्रो भयो । पेयर पुम्सेमा अस्मित रावत र विनिता तामाङ्ग भएको स्युचाटार पहिलो, कोटेश्वरका सन्ध्या लामा र विवेक लामा दोश्रो तथा मुलपानीका एञ्जीला तामाङ्ग र गगन पाण्डे तेश्रो भए ।
पुरुष ग्रीनबेल्टको एकल पुम्सेमा सगरमाथाका सविन राइ पहिलो,बिशंखुका रञ्जन मगर दोश्रो र मुलपानीका दिपेस पौडेल तेश्रो भए । महिला तर्फ बिजेश्वरकी लक्ष्मी सुनाखरी मगर, स्युचाटारकी मोनीका रम्तेल र ढल्कोकी एञ्जीला राइ शिर्ष तीन स्थानमा रहे ।
पुरुष रेड बेल्टमा स्युचाटारका अस्मित रावत पहिलो, चितवनका सबिर रावल दोश्रो तथा कोटेश्वरका विवेक लामा तेश्रो भए । महिला तर्फ स्युचाटारकी बिनाता तामाङ्ग पहिलो, कोटेश्वरकी सन्ध्या लामा दोश्रो तथा कोटेश्वरकी लमीना राइ तेश्रो भए । स्पोर्ट्स फर अल कमिसन र कोटेश्वर तेक्वान्दो डोजाङ्गको संयुक्त आयोजनामा भएको प्रतियोगिताको विजयी टोली तथा खेलाडीलाई नेपाल ओलम्पिक कमिटीका महासचिव लामा टेन्डी शेर्पाले पुरस्कार प्रदान गरे ।

Comment