सन कप टेबलटेनिसमा आरुणीको क्लिनस्विप

aruni schoole
आरुणी स्कुलले दोश्रो एनप्याब्सन कप अन्तर बिद्यालय टेबलटेनिस प्रतियोगितामा शुक्रवार क्लिन स्विप गरेको छ । माछापोखरी स्थित आरुणी सेकेन्डरी स्कुलले ११ स्वर्ण, ७ रजत र ४ कास्य जित्दै स्वर्णमाथि क्लिन स्विप गरेको हो । शुक्रबार भएको छात्रा डबल्समा आरुणी स्कुलकी तृष्णा पुन मगर र अष्मिता ढुङेलको जोडिले आफ्नै स्कुलका दिप्तिका लामिछाने र प्रकृति गुरुङको जोडिलाई ३–० हराउदै स्वर्ण जिते । त्यस्तै छात्र टिम इभेन्टमा आरुणी स्कुलले कान्तिपुर स्कुललाई ३–० ले हराउदै स्वर्ण जिते । प्रतियोगिताका ११ इभेन्टमा ११ स्वर्ण जितेको आरुणीले कुल १०२ अंक प्राप्त गदै टिम च्याम्पियन बन्न सफल भयो ।दोश्रो स्थानमा रहेको कान्तिपुर इङलिस स्कुलले ३७ अंक ल्याएर दोश्रो भयो । प्रतियोगितामा यू–१२ छात्र–छात्रा,यू–१४ छात्र–छात्रा,यू–१६ छात्र–छात्रा,डबल्समा छात्र–छात्रा,मिक्स डबल र छात्र–छात्रा टिम इभेन्ट समावेश गरिएको थियो । बिजयी खेलाडिलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका महासचिव लामा टेण्डी शेर्पाले खेलाडिलाई पुरस्कृत गरेका थिए ।

Comment