ह्याण्डबल प्रतियोगितामा चालिस टिमको सहभागिता रहने

?????????????
अन्तराष्ट्रिय ओलोम्पिक दिवस तथा अन्तराष्ट्रिय ह्याण्डबल दिवसका अवसरमा कास्की जिल्ला विद्यालय ह्याण्डबल संघको आयोजनामा ६ देखि ९ असारसम्म दोश्रो एकता अन्तर विद्यालय छात्रा÷छात्र ह्याण्डबल प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा ४० टिमको सहभागिता रहने छ ।
पोखरामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक अशोक शाहीले सो बारे जानकारी गराउँदै प्रतियोगितामा छात्रातर्फ २० र छात्रतर्फ २० टिमको सहभागिता रहने वताए । उक्त प्रतियोगिताको प्रायोजन एकता पव्लिकेशन हाउस काठमाडौले गर्ने भएको छ । नेपाल ह्याण्डबल संघको तत्वाधानमा आयोजनामा हुने प्रतियोगिताको नेपाल आलोम्पिक कमिटीको समेत सहयोग रहने भएको संघका सचिव खिम गुरुङ्गले जानकारी गराए ।
प्रतियोगिता सम्पन्न गर्न करिव २ लाख७० हजार खर्च लाग्ने र सम्पु्र्ण खेलहरु सशस्त्र प्रहरी बलको श्री कालिकागणको खेल मैदान मालेपाटनमा हुने छ ।
पत्रकार सम्मेलनमा नेपाल आलोम्पिक कमिटीका सदस्य एवम नेपाल ह्याण्डबल संघका अध्यक्ष तेज गुरुङ्ग, एकता पव्लिकेशनका सञ्जय अधिकारी र कास्की जिल्ला विद्यालय ह्यमण्डबल संघका अध्यक्ष श्रीकृष्ण अधिकारीले प्रतियोगिताका विविध पक्षबारे जानकारी गराए ।

Comment