आरुणीका दिप्तिकालाई दोहोरो स्वर्ण

n pabson ttee
दोश्रो एनप्याब्सन कप अन्तर बिद्यालय टेबलटेनिस प्रतियोगितामा आरुणी स्कुलले बर्चस्व जमाएको छ । मंगलवार भएको छात्रातर्फको यू–१२ र यू–१४ को फाईनल खेलमा आरुणी स्कुलकी दिप्तिका लामिछानेले बाजि मारेकी छन् । उनले यू–१२ मा कान्तिपुर स्कुलकी सुजिना श्रेष्ठलाई ११–८,११–४ र ११–९ को सोझो सेटमा हराउदै स्वर्ण जितिन् । त्यस्तै यू–१४ स्पर्धामा दिप्तिकाले आफ्नै आरुणी स्कुलकी प्रकृति गुरुङलाई ६–११,११–९,१२–१० र ११–७ ले स्तब्ध पादै स्वर्ण जितिन् । काठमाण्डौं एनप्याब्सनको आयोजनामा लैनचौर स्थित टेबल टेनिस हालमा संचालन भएको छात्र यू–१२ को फाईनल स्पर्धामा आरुणीका सौरव रोका मगरले बोस्चन स्कुलका उमेश कार्कीलाई ११–९,११–९ र ११–९ को रोमाञ्चक स्कोरमा हराउदै स्वर्ण जिते । अषाढ ३ सम्म संचालन हुने प्रतियोगिताको उद्घाटन केन्द्रिय एनप्याब्सनका अध्यक्ष कर्णवहादुर शाही र काठमाण्डौं एनप्याब्सनका अध्यक्ष सिपी आचार्य बीच टेवल टेनिस खेल प्रदर्शनद्धारा भएको थियो । प्रतियोगितामा यू–१२ छात्र–छात्रा,यू–१४ छात्र–छात्रा,यू–१६ छात्र–छात्रा,डबल्समा छात्र–छात्रा,मिक्स डबल र छात्र–छात्रा टिम इभेन्ट समावेश गरिएको छ । प्रतियोगितामा ५० बिद्यालयको सहभागिता रहेको प्रतियोगिता संयोजक हिक्मत दाहालले बताए ।

Comment