करातेकर्मीको सम्मान

karate photoe
दोश्रो पारामाउन्ट इन्डो–नेपाल अन्तरविद्यालय कराते प्रतियोगिताको अवसरमा विभिन्न करातेकर्मी सम्मानीत भएका छन् । डब्लुजीकेएफ रेफ्रीमा उत्तीर्ण हुन सफलकेन्वाकाइ संघ तथा दक्षिण एसियाली गोजुरियो केन्वाकाइ संघका प्रमुख प्रशिक्षक विसनसिंह खड्का र नेपाल गोजुरियो कराते संघका महासचिव विआर मित्रलाई सम्मान गरिएको थियो ।
त्यस्तै नेपालको प्रतिनिधित्व गरी विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल खेलाडी पर्शुराम बाँस्तोला, सिमोन खत्री र सुमन तिमल्सिनालाई पनि सम्मान गरिएको थियो । कराते खेलको विकास र विस्तारमा योगदान पु¥याएकोमा प्रकाशमोहन धौभडेललगायत पनि सम्मानित भए । उनीहरुलाई सांसद् केसीले सम्मान पत्र प्रदान गरी सम्मान गरे ।
दुईदिने प्रतियोगितामा विभिन्न विद्यालयका १६ टिमका २ सय ५० खेलाडीले ४८ स्वर्णका लागि प्रतिस्पर्धा गरिरहेको आयोजकले जनाएको छ ।

Comment