एनप्याब्सन कप टेबलटेनिस मंगलबारदेखि

tt schoole
दोश्रो एनप्याब्सन कप अन्तर बिद्यालय टेबलटेनिस प्रतियोगिता मंगलवार देखि शुरु हुने सोमवार पत्रकार सम्मेलनमा आयोजकका अध्यक्ष सिपी आचार्यले बताए । शिक्षा र खेलकुदसगै भन्ने उद्देश्यका साथ प्रतियोगिता संचालन गरिएको अध्यक्ष आचार्यले बताए । लैनचौर स्थित टेबल टेनिस हालमा जेष्ठ ३२ देखि अषाढ ३ सम्म संचालन हुने प्रतियोगितामा ८ सय बिद्यार्थीले ११ इभेन्टमा प्रतिस्पर्धा गर्ने आयोजक काठमाण्डौ एनप्याब्सनका सचिव बिष्णु पराजुलीले बताए । प्रतियोगितामा यू–१२ छात्र–छात्रा,यू–१४ छात्र–छात्रा,यू–१६ छात्र–छात्रा,डबल्समा छात्र–छात्रा,मिक्स डबल र छात्र–छात्रा टिम इभेन्ट समावेश गरिएको छ । प्रतियोगितामा ५० बिद्यालयको सहभागिता रहने संयोजक हिक्मत दाहालले बताए । जयबागेश्वरी स्थित काठमाण्डौं एनप्याब्सनको कार्यलयमा भएको पत्रकार सम्मेलनमा आयोजकका कोषाध्यक्ष खड्ग बस्नेत,सदस्य डिएन महतो लगायतको उपस्थिति रहेको थियो ।

Comment