अश्बिन, मेलिना र साकारलाई स्वर्ण

tte
हिमरश्मीका अश्बिन अधिकारी, फेयरल्यान्डकी मेलिना प्रधान र न्युटनका साकार मैनालीले दोश्रो ओप्स अन्तरविद्यालय टेबलटेनिस प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् । अश्बिन सिनियर ब्वाइज, मेलिनाले सिनियर गल्र्स तथा साकार जुनियर ब्वाइज सिंगल्समा पहिलो भए ।सामाखुशीस्थित पुष्पकुञ्ज स्कुलको संयोजनमा अर्गनाइजेसन अफ प्राइभेट स्कुल (ओप्स) द्वारा आयोजित प्रतियोगिताको सिनियर ब्वाइज फाइनलमा अश्बिनले नव बुद्धका कमल श्रेष्ठलाई ११–७, ११–९, ११–४ र १२–१० ले पराजित गरे । राजन मेमोरियलका समिर ढुंगाना र फेयरल्यान्डका प्रवेश चौलागाईं तेश्रो भए ।
सोही स्पर्धाको गल्र्स फाइनलमा मेलिनाले राजन मेमोरियलकी अन्जिता घर्ती मगरलाई ११–९, ११–८, १०–१२, ११–१३, ११–८ र ११–९ ले हराइन् । ज्ञान मन्दिरकी रविना खत्री र मन्जरीकी सोनी शेर्पा संयुक्त रुपमा तेश्रो भए ।
जुनियर ब्वाइज उपाधि भिडन्तमा साकारले ज्ञान मन्दिरका अन्जिल बलामीको चुनौती ८–११, ११–६, ११–३, ११–६ र ११–९ ले समाप्त पारे ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का कोषाध्यक्ष सुरेन्द्रबहादुर हमाल, ओप्सका अध्यक्ष लोकेन्द्र खड्का, ओप्सका उपाध्यक्ष एवं पुष्पकुञ्जका प्रिन्सिपल एकबहादुर आले, प्रा.डाद्वय रामकृष्ण महर्जन र होमबहादुर बरुवाल, काठमाडौं प्याब्सनका अध्यक्ष थकिन गुरुङलगायतले पुरस्कार वितरण गरे । एकदिने प्रतियोगितामा विभिन्न १७ विद्यालयका ५१ खेलाडीले ३ सिंगल्स स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

Comment