गौतमले पत्र बुझे

gautane
टेबलटेनिसको मुख्य प्रशिक्षकको जिम्मेवारी पाएका शंकर गौतमले शुक्रबार पत्र बुझेका छन् । राष्ट्रिय खेलकुद परिषद्ले गौतमलाई जेठ १७ गते मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो ।
गौतमले चौथो दक्षिण एसियाली खेलकुदको टेबलटेनिस पुरुष टिम इभेन्टमा कांस्य जितेका थिए । गौतमसंग विश्व च्याम्पियनसिपलगायत विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलेको र निर्णायकको भूमिका निर्वाह गरेको अनुभव छ ।
मुख्य प्रशिक्षक हुनुअघि गौतम ललितपुर जिल्ला खेलकुद विकास समितिमा कार्यरत थिए । अब गौतम तालिम तथा प्रशिक्षण विभाग, सातदोबाटोमा सरुवा भएका छन् ।

Comment