आभालाई स्वर्ण

tte
स्वर्णिमकी आभा पन्तले प्रथम उपत्यकाव्यापी खुला टेबलटेनिस प्रतियोगिताको यु–१२ गल्र्स सिंगल्समा शुक्रबार स्वर्ण जितेकी छन् । फाइनलमा आभाले स्वर्णिमकै नसला मानन्धरलाई ३–१ ले पराजित गरिन् । स्वर्णिमकै स्मृति पन्त र श्रीज्ञान मन्दिरकी तृशा महर्जन तेश्रो भए ।
ललितपुर जिल्ला टेबलटेनिस संघ र पाटन जेसिजद्वारा संयुक्त आयोजित प्रतियोगताको गल्र्स यु–१४ सिंगल्समा आदर्श विद्या मन्दिर (एभीएम) की दीक्षा तामाङले प्रभातकी मनीषा सुवाललाई ३–० तथा प्रभातकी अन्जु सुवालले पुष्पसदनकी लिजा महर्जनलाई ३–० ले हराउदै फाइनलमा पुगे ।

Comment