अपिल र साजनलाई स्वर्ण

badokaie
एपीएफ स्कुलका अपिल पौडेल र आयोजक नेपाल वादोकाइ कराते संघका साजन थापाले सातौं राष्ट्रिय वादोकाइ कराते प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् ।टोखाको जाल्पाचोकमा भएको पुरुष २० केजी फाइनलमा अपिलले एपीएफकै अनिश श्रेष्ठलाई पराजित गरे । साजनले २५ केजी फाइनलमा एपीएफका सोनाम शेर्पालाई हराए ।पुरुष ३० केजीमा प्रदेश नं. ३ का आर्यामान भण्डारी, ३५ केजीमा प्रदेश नं. १ का सागर कार्की, ४० केजीमा प्रदेश नं. ३ का आकाश मण्डल तथा ४५ केजीमा प्रदेश नं. ७ का राजु लामा पहिलो भए । आर्यामानले प्रदेश नं. ५ का सागर कार्की, सागरले प्रदेश नं. ४ का कमल विक, आकाशले प्रदेश नं. ५ का युकेश श्रेष्ठ तथा राजुले प्रदेश नं. ३ का प्रिन्स स्याङ्तानलाई फाइनलमा पाखा लगाए ।
महिलाको २० केजीमा प्रदेश नं. ३ की खुशी मण्डलले आयोजककी निरुता केसी तथा २५ केजीमा प्रदेश नं. ७ की प्रीति तामाङले प्रदेश नं. ३ की रोजिता महर्जनलाई पन्छ्याउदै स्वर्ण जिते ।प्रतियोगिताको नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहलले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा राष्ट्रिय खेलकुद परिषद्की सदस्य यामकुमारी गुरुङ (अस्मिता), एसियाली प्यासिफिक सितोरियो कराते च्याम्पियनसिपका रजत विजेता मन्डेकाजी श्रेष्ठ र कांस्य विजेता राजेन्द्र सिम्खडालगायतलाई प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो ।
दुईदिने प्रतियोगितामा ७ प्रदेश, एपीएफ स्कुल र आयोजकको १–१ गरी जम्मा ९ टिमका २ सय ५५ खेलाडीले ३१ स्वर्णका लागि प्रतिस्पर्धा गरिरहेको आयोजक संघका महासचिव नारायणबहादुर मगरले जनाएका छन् ।

Comment