पुष्पकुन्जमा टेबलटेनिस हुने

अर्गनाइजेसन अफ प्राइभेट स्कुल (ओप्स) को आयोजनामा दोश्रो ओप्स अन्तर विद्यालय टेबलटेनिस प्रतियोगिता शनिबार हुने भएको छ । सिनियर छात्र÷छात्रा तथा जुनियर छात्र सिंगल्स गरी ३ स्पर्धामा प्रतिस्पर्धा हुने पुष्पकुन्ज हाइ स्कुलका प्रिन्सिपल एकबहादुर आलेले जनाएका छन् । ओप्समा आबद्ध विभिन्न २० विद्यालयका जम्मा ६० खेलाडीको सहभागिता रहने बताइएको छ । एकदिने प्रतियोगिताका खेलहरु सामाखुशीस्थित पुष्पकुन्जमा हुने छन् ।

Comment