टेबलटेनिस उपाध्यक्ष शाक्यलाई पितृशोक

अखिल नेपाल टेबलटेनिस संघ तथा नेपाल भेट्रान्स टेबलटेनिस संघका उपाध्यक्ष नवीनबहादुर शाक्यलाई पितृशोक परेको छ । शाक्यका पिता प्रेमबहादुरको ८८ वर्षको उमेरमा मंगलबार ताहचलस्थित आफ्नै निवासमा निधन भएको टेबलटेनिस संघका केन्द्रीय उपाध्यक्ष धर्ममान वज्राचार्यले जनाएका छन् ।
चार पटक सांसद् भइसकेका स्व. शाक्यको मंगलबारै दाहसंकार गरिएको छ । अखिल नेपाल टेबलटेनिस संघ, काठमाडौं जिल्ला टेबलटेनिस संघ र नेपाल भेट्रान्स टेबलटेनिस संघले शाक्यको निधनमा दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ ।

Comment