राष्ट्रिय वादोकाइ कराते शुक्रबारदेखि

नेपाल वादोकाइ कराते संघको आयोजनामा सातौं राष्ट्रिय वादोकाइ कराते प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।
प्रतियोगितामा ७ प्रदेश, एपीएफ स्कुल र आयोजकको १–१ गरी जम्मा ९ टिमका २ सय ५५ खेलाडीको सहभागिता रहने आयोजक संघका महासचिव आइतमान तामाङले जनाएका छन् ।
जम्मा ३१ स्वर्णका लागि प्रतिस्पर्धा हुने छ ।दुईदिने प्रतियोगिताका खेलहरु टोखा नगरपालिकाको गोंगबुस्थित जाल्पा चोकमा हुने छ ।

Comment