टेबलटेनिस खेलाडी छनोट

दक्षिण एसियाली जुनियर तथा क्याडेट टेबलटेनिस च्याम्पियनसिपका लागि खेलाडी छनोट पूरा भएको छ । सुनसरीको धरानमा भएको छनोट प्रतियोगिताबाट जम्मा १४ खेलाडी छनोट भए ।
जुनियरतर्फ ४–४ तथा क्याडेटमा ३–३ पुरुष÷महिला गरी जम्मा १४ खेलाडी छनोट भएको प्रशिक्षक सञ्जय अर्यालले जनाएका छन् । जुनियरमा शीर्ष ४ तथा क्याडेटमा शीर्ष ३ स्थानमा रहने खेलाडी छनोट भएका हुन् ।जुनियर पुरुषमा काठमाडौंका श्यान्टू श्रेष्ठ, सुनसरीका सुबोध लिम्बू, ललितपुरका विपुल महर्जन तथा सुनसरीका महावीर चौधरी छानिए । महिलामा एपीएफ क्लबकी सोनु थापा मगर, ललितपुरकी सिक्का सुवाल र लश्ता महर्जन तथा भक्तपुरकी सुजाता दुवाल रहेका छन् ।पुरुष क्याडेटमा ललितपुरका रितिज जोशी, काठमाडौंका संयोग कपाली र ललितपुरका एलेक्स महर्जन छनोट भए । महिलामा ललितपुरकी दीक्षा तामाङ, सुनसरीकी दीक्षा दाहाल तथा भक्तपुरकी अन्जु सुवाल छनोट भए । च्याम्पियनसिप जुलाई १५ देखि १७ तारिखसम्म पाकिस्तानको इस्लामाबादमा हुने छ ।

Comment