रितिज र सन्योग फाइनलमा

ललितपुरका रितिज जोशी र काठमाडौंका सन्योग कपालीदक्षिण एसियाली जुनियर तथा क्याडेट टेबलटेनिस प्रतियोगिताका लागि खेलाडी छनोट गर्न आयोजित प्रतियोगिताको क्याडेट व्वाइज सिंगल्सतर्फ फाइनलमा प्रवेश गरेका छन् ।सुनसरीको धरानमा रितिजले ललितपुरका एलेक्स महर्जनलाई ३–१ तथा सन्योगले ललितपुरका आशिष शर्मालाई ३–२ ले पराजित गरे । सो स्पर्धाको गल्र्समा सुनसरीकी दीक्षा दाहाल र ललितपुरकी दीक्षा तामाङ फाइनलमा पुगे ।
जुनियर महिला सिंगल्समा ललितपुरकी शिखा सुवाल र एपीएफकी सोनु थापा मगर फाइनलमा पुगे । शिखाले भक्तपुरकी सुजाता दुवाललाई ३–१ तथा सोनुले ललितपुरकी लश्ता महर्जनलाई ३–१ को सेटमा हराए ।छनोटमा काठमाडौं, ललितपुर, भक्तपुर, पर्सा, रुपन्देही, मोरङ र सुनसरीका ५१ पुरुष र ४९ महिला गरी जम्मा १ सय खेलाडीको सहभागिता रहेको अखिल नेपाल टेबलटेनिस संघका उपाध्यक्ष वृजेन्द्र हमालले जनाएका छन् । उनका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब २ लाख खर्च हुने छ ।
जुनियरमा समान ३÷३ तथा क्याडेटमा समान २÷२ महिला गरी जम्मा १० खेलाडी छनोट हुने उपाध्यक्ष हमालले बताए । जुनियरमा शीर्ष तीन स्थान तथा क्याडेट शीर्ष दुई स्थान हात पार्ने खेलाडी छनोट हुने छन् ।उपत्यका बाहिरा जुनियर टेबलटेनिस छनोट प्रतियोगिता पहिलो पल्ट आयोजना गरिएको हो । दक्षिण एसियाली जुनियर टेबलटेनिस जुलाई १५ देखि १७ तारिखसम्म पाकिस्तानको इस्लामाबादमा हुँदैछ ।

Comment