ठकुरी थप सफलताको पाइलामा

अमेरिकाको नर्थ क्यारोलिनामा ४ जुनमा  सम्पन्न कुरोबुशी मार्शल आर्ट्स बिश्वच्याम्पियनसीपको खेलमा उज्जवल ठकुरीले नयाँ किर्तिमान राख्न सफल भएका छन् । ujjeउनले लगातार एक पटक पनि बिश्राम नगरी २ मिनटको समय भित्र ४० पौण्ड बोकी नया किर्तिमान कायम गरेका हुन् । ठकुरी भर्खरै मेरिलैंड भिक्ट्री कप हासिल गर्नुको साथै बिश्व उपाधि हासिल गर्न पनि सफल भए । उनले उक्त प्रदर्शनमा ४० पौण्ड बोकी भुईमा उक्त वजन नराखी हातले एक इन्चको काठलाई एक पटक मुड्की र अर्को पटक हत्केलाले तोडेर त्यसको लगतै फेरी एक एक इञ्चको दुई वटा काठलाई एकै चोटी ४० पौण्ड बोकेर फांग गरेर हत्केलाले बलपूर्वक माथि बाट तोडेका थिए । लगतै उनले ४० पौण्ड फेरी बोकेर फांग गरेर दुई वटा काठलाई एकै चोटी बक्सिङ्ग शैलीमा तोडे ।
ठकुरी द्वारा नया किर्तिमान कायमको साथै स्वर्ण पदक ,विश्व च्याम्पियन प्रमाण पत्र तथा विश्व च्याम्पियन ट्रफी समेत प्राप्त गरेका छन् । ठकुरीले अहिले सम्म भिन्न स्पर्धामा १० स्वर्ण ,४ रजत र ४ कास्य जित्न सफल भएका छन् । जस मध्ये ७ वटा स्वर्ण पदक करातेमा ,एउटा तेक्वान्दोमा र दुई वटा करातेको खतरनाक ब्रेकिङ्ग (तोड्ने )मा स्वर्ण पदक प्राप्त गरेका छन् ।

Comment