धरानमा टेबलटेनिस छनोट सुरु

दक्षिण एसियाली जुनियर तथा क्याडेट टेबलटेनिस प्रतियोगिताका लागि टेबलटेनिस खेलाडी छनोट प्रतियोगिता आइतबारदेखि सुनसरीको धरानमा सुरु भएको छ । दुईदिने छनोटमा काठमाडौं, ललितपुर, भक्तपुर, पर्सा, रुपन्देही, मोरङ र सुनसरीका ५१ पुरुष र ४९ महिला गरी जम्मा १ सय खेलाडीको सहभागिता रहेको अखिल नेपाल टेबलटेनिस संघका उपाध्यक्ष वृजेन्द्र हमालले जनाएका छन् ।
जुनियरमा समान ३÷३ तथा क्याडेटमा समान २÷२ महिला खेलाडी छनोट गरिने उपाध्यक्ष हमालले बताए । जुनियरमा शीर्ष तीन स्थान तथा क्याडेट शीर्ष दुई स्थान हात पार्ने खेलाडी छनोट हुने छन् ।
उपत्यका बाहिरा जुनियर टेबलटेनिस छनोट प्रतियोगिता पहिलो पल्ट आयोजना गरिएको हो । दक्षिण एसियाली जुनियर टेबलटेनिस जुलाई १५ देखि १७ तारिखसम्म पाकिस्तानको इस्लामाबादमा हुँदैछ ।

Comment