बहिरा टेबलटेनिस बुधबार

नेपाल पारा ओलम्पिक कमिटीको आयोजनामा उपत्यकाव्यापी बहिरा टेबलटेनिस प्रतियोगिता बुधबार हुने भएको छ ।
प्रतियोगितामा पुरुष÷महिला गरी ३५ प्रतिस्पर्धीको सहभागिता रहने आयोजक कमिटीका महासचिव कुमार पौडेलले जनाएका छन् । युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को सहयोगमा हुन लागेको एकदिने प्रतियोगिताका खेलहरु लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने छ । पुरुष÷महिला सिंगल्समा मात्र प्रतिस्पर्धा हुने छ ।

Comment