पुस्पाञ्चली डोजाङ्ग पहिलो

taekwondo godavari
ललीतपुर जिल्ला एक नम्बर क्षेत्रको डोर टु डोर तेक्वान्दो च्याम्पियनसीपमा पुस्पाञ्जली तेक्वान्दो डोजाङ्ग पहिलो भएको छ । पुस्पाञ्जलीलले ६ स्वर्ण, ६ रजत र आठ काश्य पदक हात पा¥यो । यसैगरी, नमुना तेक्वान्दो डोजाङ्ग ४ स्वर्ण, ३ रजत र ३ काश्य सहित दोश्रो भयो । तीन स्वर्ण जितेको हरिसीद्धी डोजाङ्ग तेश्रो भयो । प्रतियोगितामा पुरुष तर्फ गोटीखेल तेक्वान्दो डोजाङ्गका माधब तीमल्सीना तथा थमहिला तर्फ पुस्पाञ्जलीकी रिमा शाह उत्कृष्ट खेलाडी घोषित भए ।
गोदावरी फिटनेस एकडेमी र गोदावरी नगर खेलकुद विकास समितीको संयुक्त आयोजनामा भएको प्रतियोगितामा प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषद्का पूर्व कोशाध्यक्ष मिनकृष्ण मर्हजन र बिशिष्ट अतीथी नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकास समसेर राणा र गोदावरी नगर खेलकुद विकास समितीका उपाध्यक्ष विनम्र न्यौपाने लगायतले पुरस्कार वितरण गरे । आयोजक गोदावरी फीटनेस सेन्टरका प्रबन्ध निर्देशक मोहन कुमार विष्टको सभापतीत्वमा भएको कार्यक्रममा गोदावरी नगरपालीकाका श्रीराम आचार्य, राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य निरन खड्का र ललीतपुर जिल्ला तेक्वान्दो संघका अध्यक्ष मणीराज विष्टको उपश्थिती थियो । कार्यक्रमको सञ्चालन ललीतपुर जिल्ला तेक्वान्दो संघका सचिव रमेश विष्टले गरे । प्रतियोगितामा रोमान्टीक ट्राभल्स एन्ड टुर्स पुतलीसडक , धन खतीवडा, बज्रबाराही युनिमर्फ र राज कुमार लामाले विभिन्नन शिर्षकमा प्रायोजन गरेका थिए । प्रतियोगिता कीटीनी उच्च माबीको प्रांगणमा भएको थियो ।

Comment