युयुएनटीएफमा पुनः नोर्बु

boxinf rame
युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेसन (युयुएनटीएफ), नेपाल च्याप्टरको अध्यक्षमा नोर्बु लामा शनिबार निर्विरोध चयन भएका छन् । नोर्बुकै अध्यक्षतामा २०७० साल माघ २३ गते युयुएनटीएफ, नेपाल च्याप्टरको गठन भएको थियो । सातदोबाटोस्थित युयुएनटीएफको कार्यालयमा भएको पहिलो साधारण सभाले नोर्बुको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति समेत निर्विरोध चयन ग¥यो ।
वरिष्ठ उपाध्यक्षमा फणिन्द्र खड्का तथा पाँच उपाध्यक्षमा विमला भण्डारी, हरिहर पाण्डे, मोहम्मद सकिल, अर्जुन केसी र नन्दु विष्ट छन् । रविन जोशी महासचिव, अर्जुनभक्त राई सचिव तथा दिनेश श्रेष्ठ कोषाध्यक्षमा यथावत् रहे । विश्वराज राई, निरु मगर, रेखमाया गुरुङ, रोशन खान, कल्याण कुँवर, शरण महर्जन, मदनकुमार राई, मिनु कार्की, मदन थापा, रामचन्द्र ब्यञ्जन्कार तथा घनश्याम बुर्जा मगर सदस्यमा चयन भए ।
साधारणसभाको युयुएनटीएफका केन्द्रीय महासचिव लव गोर्खालीले एक कायृक्रमबीच उद्घाटन गरे । उक्त अवसरमा महासचिव गोर्खालीले विदेशमा रहेर पनि आफूहरुले नेपाली तेक्वान्दोको विकासमा सक्दो गरिरहेको र आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।

Comment