इन्द्रलाई आर्थिक सहयोग

?
?

आन्द्राको क्यानसरबाट पीडित पूर्व बक्सिङ खेलाडी इन्द्रबहादुर राना मगरलाई स्वस्थ्य उपचारका लागि आर्थिक सहयोग प्रदान गरिएको छ ।
बेलायतमा बस्दै आएका सोम गुरुङले ५५ हजार ५ सय ५ तथा क्यानाडामा बस्दै आएका आठौं दक्षिण एसियाली महासंघीय खेलकुदको करातेतर्फ स्वर्ण विजेता सुरेन्द्र श्रेष्ठले १ सय क्यानेडियन डलर इन्द्रको स्वास्थ्य उपचारका लागि उपलब्ध गराएको नेपाल बक्सिङ संघका महासचिव दीपक गुरुङले जनाएका छन् ।
आफ्नै पहलमा सो सहयोग प्राप्त भएको गुरुङले जनाएका छन् । दुवै रकम गुरुङले इन्द्रलाई हस्तान्तरण गरे ।

Comment