गोजुरियोमा बाँके पहिलो

gojurio 1e
१६ औ मध्यपश्चिम अञ्चलस्तरीय गोजुरियो कराते प्रतियोगिता २०७३ सम्पन्न भयो । सल्यानको कालीमाटीमा भएको प्रतियोगितामा बाकेँ १२ स्वर्ण सहित पहिलो भयो । यसैगरी, सुर्खेत सात स्वर्ण सहित दोश्रो तथा दाङ्ग चार स्वर्ण सहित तेश्रो भयो । आयोजक सल्यान दुइ स्वर्ण सहित चौथो स्थानमा रह्यो । प्रमुख अतिथी नेबीसंघका पूर्व उपाध्यक्ष तथा नेपाली कांग्रेसका महासमिती सदस्य ऋषिकेश जंग शाहले विजयी टोली तथा खेलाडीलाई पुरस्कार प्रदान गरे । नौ जील्लाको सहभागिता रहेको प्रतियोगिता जिल्ला गोजुरियो कराते संघका अध्यक्ष प्रकास भण्डारीको सभापतीत्वमा कार्यक्रम भएको थियो । प्रतियोगिता सञ्चालनका लागि गोजुरियो करातेका परिचित ब्यक्तित्व पेम्वा तामाङ्ग, आरसी सुबेदी, प्रकास चन्द र फूर्पा सिंह तामाङ्गको उपश्थिती रहेको थियो ।

Comment