रसु तामाङलाई स्वर्ण

आठौं राष्ट्रिय राष्ट्रपति रनिङ सिल्ड विद्यालय खेलकुद अन्तरगत उसुको छात्रा नान् छ्वानमा ७.७० अंकसाथ मध्यमाञ्चलकी रसु तामाङले स्वर्ण जितिन् । पूर्वाञ्चलकी एलिजा मारिक दोश्रो र मध्यमाञ्चलकी सरु लामा तेश्रो भए ।
छात्र ताइची छ्वानमा मध्यमाञ्चलका मनीष बुढाथोकी ६.९५ अंक जोड्दै पहिलो भए । मध्यमाञ्चलकै विवेक शाक्य दोश्रो र सुदूरपश्चिमाञ्चलका खगेन्द्र बुढा तेश्रो भए । सोही स्पर्धाको छात्रामा सम्झना चौधरीले पहिलो स्थान हात पारिन् । सुदूरपश्चिमाञ्चलकी सम्झनाले ७.३० अंक बटुलिन् । सुदूरपश्चिमाञ्चलकै श्वस्ती दहित दोश्रो र मध्यमाञ्चलकी दिपिका राई तेश्रो भए ।

Comment