मध्यमाञ्चल टिम च्याम्पियन

taek1   आठौं राष्ट्रिय राष्ट्रपति रनिङ सिल्ड विद्यालय खेलकुद अन्तरगत तेक्वान्दोमा २ स्वर्ण, ३ रजत र १ कांस्य हात पार्दै मध्यमाञ्चल टिम च्याम्पियन बनेको छ । दोश्रोमा रहेको सुदूरपश्चिमाञ्चलले २ स्वर्ण र उत्तिनै कांस्य प्राप्त ग¥यो । १ स्वर्ण, ३ रजत र ३ कांस्यसाथ पूर्वाञ्चलले तेश्रो स्थानमा चित्त बुझायो । ६ स्वर्णका लागि प्रतिस्पर्धा भएकोमा बाँकी १ स्वर्ण पश्चिमाञ्चलको पोल्टामा गयो ।
मध्यमाञ्चलका लागि छात्रा ४६ केजीमुनि आयशा लामा र छात्र ५१ केजीमुनि वर्षान्त मोक्तानले स्वर्ण जिते । छात्र ४५ केजीमुनि सुरज चौधरी र ४८ केजीमुनि भोजराज भट्टले सुदूरपश्चिमाञ्चलाई स्वर्ण दिलाए । पूर्वाञ्चलकी विनिता घिमिरेले छात्रा ४२ केजीमुनि तथा पश्चिमाञ्चलकी पूजा तुहाराले छात्रा ४४ केजीमुनि स्वर्ण हात पारे ।

Comment