आशिषलाई उपाधि

wushureयुवा तथा खेलकुद मन्त्रालयको तत्वावधानमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित आठौं राष्ट्रिय राष्ट्रपति रनिङ सिल्ड विद्यालय खेलकुदको पहिलो दिन उसुको छात्र छाङ छ्वान्मा मध्यमाञ्चलका आशिष राई पहिलो भए । उनले ७.८५ अंक जोडे । ७.८१ अंकसाथ मध्यमाञ्चलकै दिलिप घले दोश्रो तथा ७.६० अंकसाथ सुदूरपश्चिमाञ्चलका रविन चौधरी तेश्रो बने ।
सो स्पर्धाको छात्रामा मध्यमाञ्चलकी सपना मोक्तान (७.८० अंक) पहिलो, मध्मायञ्चलकै अनु राई (७.७० अंक) दोश्रो र सुदूरपश्चिमाञ्चलकी एलिसा खाती (७.२३ अंकं तेश्रो भए ।
पुरुष नान् छ्वान्मा मध्यमाञ्चलका अजय तामाङ ७.९५ अंकसाथ पहिलो, मध्यमाञ्चलका सरोज पुन ७.८५ अंकसाथ दोश्रो तथा पूर्वाञ्चलका उज्ज्वल राई ७.५५ अंकसाथ तेश्रो भए ।

Comment