विनिता सेमिफाइनलमा

taekeयुवा तथा खेलकुद मन्त्रालयको तत्वावधानमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित आठौं राष्ट्रिय राष्ट्रपति रनिङ सिल्ड विद्यालय खेलकुदको पहिलो दिन तेक्वान्दोको महिला ४२ केजीमुनि पूर्वाञ्चलकी विनिता घिमिरे, पश्चिमाञ्चलकी आस्था शर्मा, मध्यमाञ्चलकी योगमाया श्रेष्ठ र मध्यपश्चिमाञ्चलकी प्रमिला थापा सेमिफाइनलमा पुगे । ४६ केजीमुनि मध्यमाञ्चलकी आयशा लामा, पूर्वाञ्चलका प्रबिता राई र चान्दनी तामाङ तथा मध्यपश्चिमाञ्चलकी अनु थारु सेमिफाइनलमा पुगे ।
कोटेश्वर तेक्वान्दो डोजाङमा भएको पुरुष ५१ केजीमुनि मध्यपश्चिमाञ्चलका वृजालाल बुढा, पूर्वाञ्चलका सुरज मगर, सुदूरपश्चिमाञ्चलका नरेश मालासी तथा मध्यमाञ्चलका बर्सात मोक्तान सेमिफाइनलमा पुगे । अन्य तीन तौलसमूहको क्वाटरफाइनल समीकरण पूरा भएको छ ।

Comment