युयुएनटीएफको किशोरी खेलाडीलाई आत्मरक्षा तालिम प्रदान

युनिभर्सल युनाटेड नेप्लिज तेक्वान्दो फेडेरेसन (युयुएनटीएफ)ले सोमबार माइती नेपालको तेक्वान्दो डोजाङका महिला खेलाडीलाई आत्मसुरक्षा परिक्षण तालिम गराएको छ । कार्यक्रमको उद्घाटन युयुएनटीएफका महासचिव लव गोर्खालीले गरेका थिए । उनले सो अवसरमा तेक्वान्दोले आत्मनिर्भर र आत्मरक्षा गर्ने बताए ।
गिरिबहादुर सुनुवारले आत्मरक्षाका तरिकाहरु सिकाएका थिए । युयुएनटीएफले पहिलो पटक किशोरीहरुलाई लक्षित गरेर महिला शसक्तिकरण र आत्मरक्षा विषयमा विशेष तालिम आयोजना गरेको हो । ‘यो कार्यक्रमले हामीलाई हौसला बढेको छ । किशोरीहरुका लागि यो निकै महत्वपूर्ण प्रशिक्षण हो । तेक्वान्दोसँगै यसलाई पनि अपनाउने विषयमा हामी सोचिरहेका छौं ।’ महासचिव गोर्खालीले बताए ।
सो अवसरमा इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिपको तर्फबाट २ सय ५० जना तेक्वान्दो खेलाडीका लागि ट्रयाक सुट वितरण गरिएको छ । आइओएफटीसीका नेपाल प्रतिनिधि रिकेन महर्जनले २ सय ५० जोर ट्रयाकसुट प्रदान गरेका थिए । माइती नेपालमा तेक्वान्दो प्रशिक्षक दिनेश श्रेष्ठले प्रशिक्षण दिदै आएका छन् ।

Comment