उदयपुरमा ह्याण्डवल प्रतियोगिता सुरु

udayapur handball
उदयपुर स्थित बेलटार बसाहा नपामा ७ औ पुर्वाञ्चल विद्यालय स्तरिय ह्याण्डबल प्रतियोगिता सुरु भएको छ । उक्त प्रतियोगिताको उदघाटन नेपाल ह्याण्डबल संघका अध्यक्ष तथा नेपाल ओलोम्पिक कमिटीका सदस्य तेज गुरुङ्गले एक समारोहका विच गरे ।
प्रतियोगिताको उद्घाटन गर्दै अध्यक्ष गुरुङ्गले नेपालको ह्याण्डवल खेलले गति लिएको बताए । उनले नेपालमा आयोजना हुने १३ औं सागमा पदकका लागि संघले आफ्नो तयारी सुरु गरेको जानकारी समेत दिए । उनले नेपालमा ह्याण्डबल खेल विस्तार एवम विकासका लागि थप कार्यक्रमहरु संचालन गरिने वताए । प्रतियोगितामा जुनियर र सिनियर महिला पुरुष गरि जम्मा ४० टिमको सहभागीता रहेको प्रतियोगिता एक साता सञ्चालन हुनेछ ।

Comment