सिमोन सम्मानित

simon1
दुई भिन्नभिनै अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा पदक जितेर राष्ट्रको गौरव अभिबृद्धि गरेको भन्दै कराते खेलाडी सिमान खत्रीलाई अखिल नेपाल ट्रेड युनियन महासंघले शनिबार नगदसहित सम्मान गरेको छ ।
सिमोनले जर्मनीको एकर्नफोर्डमा भएको वादो अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा कांस्य र फिलिपिन्सको सान्तोरोसामा भएको तेश्रो निसिमुरा कप अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा रजत जितेका थिए । गत अप्रिलमा भएको दुवै प्रतियोगितामा सिमोनले खुला तौलसमूहमा प्रतिस्पर्धा गरेको थिए ।
भृकुटिमण्डपमा आयोजित महासंघको छैटौं राष्ट्रिय अधिवेशनको उद्घाटनका अवसरमा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले सिमोनलाई नगद ३० हजारको चेक र सम्मान पत्र प्रदान गरी सम्मान गरे ।

Comment