गोविन्द र दक्षिना छानिए

dachinae
छैटौं चिल्ड्रेन अफएसियाइन्टरनेसनल स्पोर्ट्स गेम्समा तेक्वान्दो खेलाडीद्वय गोविन्द बहादुर आले र दक्षिना शाही ठकुरीले प्रतिस्पर्धा गर्ने भएका छन् । गेम्सकालागि नेपाल तेक्वान्दो संघले सोमबार आयोजना गरेको छनोट प्रतियोगिताको आ–आफ्नो तौल समूहमा पहिलो स्थान हात पार्दै दुवै खेलाडी छनोट भएका हुन् । १५–१६वर्ष उमेर समूहको पुरुष ४८ केजीमुनि भैरहवा तेक्वान्दो डोजाङका गोविन्द र महिला ४४ केजीमुनि युनाइटेड तेक्वान्दो डोजाङकी दक्षिनाले नेपालको प्रतिनिधित्व गर्ने छन् ।
पेप्सीकोलास्थित कोटेश्वर तेक्वान्दो डोजाङमा भएको फाइनलमा गोविन्दले चुनदेवी तेक्वान्दो डोजाङका सुशील मगरलाई ११–९ ले पराजित गरे । त्यसअघि गोविन्दले पहिलो चरणमा इसीडिसीका करण यादव, क्वाटरफाइनलमा चितवनका प्रोसेस थापा तथा सेमिफाइनलमा मनमैजुका बसन्त श्रेष्ठलाई हराएका थिए । उक्त स्पर्धामा ३ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
चार खेलाडी सहभागी महिलाको निर्णायक भिडन्तमा दक्षिनाले इसीडिसीकी श्रृष्टि सुन्दासलाई ७–४ ले पाखा लगाइन् । सेमिफाइनलमा दक्षिनाले चितवनकी सलिना तामाङलाई पन्छाएकी थिइन् । गेम्स रुसको याकुटियामाजुलाइ ५ देखि १६ तारिखसम्म हुने छ ।

Comment