सेमिफाइनल समीकरण पूरा

nabita tteभेनस कप राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको पुरुष÷महिला सिंगल्सको सेमिफाइनल समीकरण सोमबार तयार भएको छ । पुरुषमा नेपाल प्रहरी क्लबका दीप साउनले सशस्त्र प्रहरी बलको एपीएफक्लबका चन्दन शाही तथा एपीएफका शिवसन्दर गोथेले आफ्नै क्लबका पुरुषोत्तम वज्राचार्य विरुद्ध प्रतिस्पर्धा गर्ने छन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको क्वाटरफाइनलमा दीपले जेसीआई, पाटनका आशिष अवालेलाई ११–४, ११–७, ११–५ र ११–४, चन्दनले भक्तपुरका राजिव शिख बन्जारलाई११–७, ११–४, ११–८, १०–१२ र ११–६, शिवले प्रहरीका राकेश महर्जनलाई ११–९, १३–११, ११–१३, ११–८, ७–११, ४–११ र ११–२ तथा पुरुषोत्तमले एपीएफका विलोश श्रेष्ठलाई ११–८, ११–४, ११–३ र ११–४ को सेटमा पराजित गरे ।
महिलाको सेमिफाइनलमा प्रहरीकी एरिका महर्जनले प्रहरीकै नविता श्रेष्ठसंग खेल्ने छिन् भने प्रहरीकी एलिना महर्जनको भेट नेपाल आर्मी क्लबकी रविना महर्जनसंग हुनेछ । क्वाटरफाइनलमा एरिकाले काठमाडौंकी सनिशाश्रेष्ठलाई ११–८, १५–१३, १६–१४ र १४–१२, एलिनाले एपीएफकी सेलिशा खड्गीलाई ७–११, ११–७, ८–११, १२–१०, ५–११, ११–६ र ११–८, रविनाले एभीएमकी दीक्षा तामाङलाई ११–५, ११–८, ११–९, ८–११, ९–११ र ११–५ तथा नविताले एपीएफकी अनिता महर्जनलाई ११–८, ११–६, ११–४ र ११–७ को सेटमा हराए ।
जुनियर ब्वाइज सिंगल्समा प्राइम कलेजका श्यान्टू श्रेष्ठ, सुनसरीका सुबोध लिम्बू, एभीएमका विप्लव महर्जन तथा आर्मीका नारायण घिमिरेले सेमिफाइनलमा स्थान सुरक्षित गरे । क्याडेट ब्वाइज सिंगल्समा एभीएमका रितिज जोशी, सन्जोग कपाली र डिकेन महर्जन तथा स्वर्णिमका नाम्गेल लामा सेमिफाइनलमा पुगे ।
क्याडेट गल्र्स सिंगल्स उपाधि सुनसरीकी दीक्षा दाहालले हात पारिन् । फाइनलमा दीक्षाले प्रभातकी अन्जु सुवालको चुनौती ११–५, ११–४ र ११–६ को सोझो सेटमा समाप्त पारिन् । विजेश्वरीकी मारिया थापा मगर तथा प्रभातकी मन्जु सुवाल संयुक्त रुपमा तेश्रो भए ।
अखिल नेपाल टेबलटेनिस संघको तत्वावधानमा काठमाडौं जिल्ला टेबलटेनिस संघ र रोटरी क्लब अफनार्गाजुनद्वारा संयुक्त आयोजित प्रतियोगिता मंगलबार सम्पन्नहुने छ ।

Comment