लसता पहिलो

venus tte
आदर्श विद्या मन्दिर (एभीएम) की लसता महर्जन भेनस कप राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको जुनियर गल्र्स सिंगल्समा आइतबार पहिलो भएकी छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा लसताले रुपन्देहीकी गीता अर्याललाई ११–९, ११–३ र ११–६ को सोझो सेटमा पराजित गरिन् । सुनसरीकी गीता भुजेल र एभीएमकी सिखा सुवाल संयुक्त रुपमा तेश्रो भए ।
आइतबारै पुरुष÷महिला, जुनियर ब्वाइज तथा क्याडेट ब्वाइज÷गल्र्स सिंगल्सतर्फ दोश्रो चरणको खेल सम्पन्न भएको छ ।
अखिल नेपाल टेबलटेनिस संघको तत्वावधान तथा काठमाडौं जिल्ला टेबलटेनिस संघ र रोटरी क्लब अफ नार्गाजुनद्वारा संयुक्त आयोजित प्रतियोगिताको रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट नेपाल–भुटान डिस्ट्रिक्टका गोभर्नर केशव कुँवरले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगिता मंगलबार सम्पन्न हुनेछ ।

Comment