भेनस कप टेबलटेनिस आइतबारदेखि

tte
अखिल नेपाल टेबलटेनिस संघको तत्वावधान तथा काठमाडौं जिल्ला टेबलटेनिस संघ र रोटरी क्लब अफ नार्गाजुनको संयुक्त आयोजनामा भेनस कप राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिता आइतबारदेखि सुरु हुँदैछ ।प्रतियोगितामा पुरुष÷महिला, जुनियर ब्वाइज÷गल्र्स तथा क्याडेट ब्वाइज÷गल्र्सतर्फ सिंगल्समा प्रतिस्पर्धा हुने आयोजक संघका अध्यक्ष धर्ममान वज्राचार्यले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । विभिन्न ८ जिल्ला तथा तीन विभागीय टोली नेपाल प्रहरी क्लब, नेपाल आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लबका २ सय २५ खेलाडीको सहभागिता रहने बताइएको छ ।
पुरुष÷महिला सिंगल्समा मात्र नगद पुरस्कार राखिएको छ । त्यसमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २५ हजार, १५ हजार र ५÷५ हजार नगद पुरस्कार हात पार्ने छन् । नगद पुरस्कार भेनस ग्रुपका प्रबन्ध निर्देशक शम्भुप्रसाद आम्गाईंले प्रायोजन गरेका हुन् ।तीनदिने प्रतियोगिताका खेलहरु लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ ।

Comment