राष्ट्रिय तेक्वान्दोमा हीरा

hira thapae
नेपाल खेलकुद महासंघ (नेकोस) अन्तर्गत राष्ट्रिय तेक्वान्दो संघ, नेपालको अध्यक्षमा हीराबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् । थापाको अध्यक्षतामा २९ सदस्यीय केन्द्रीय कार्यसमिति समेत सर्वसम्मत चयन भयो ।
वरिष्ठ उपाध्यक्षमा नवीनकुमार श्रेष्ठ, उपाध्यक्षमा टोनिल कर्माचार्य, फडिन्द्र खड्का, श्रीकृष्ण श्रेष्ठ, पुष्प जोशी, मीन न्यौपाने र राकेश परियार रहेका छन् । राजकुमार लामाले महासचिवको जिम्मेवारी पाए भने हेमलाल श्रेष्ठ, प्रमोद पराजुली, मनोज खड्गी, हर्क बोगटी, राजु श्रेष्ठ, मदन थापा मगर तथा बलराम लामा सचिवमा चयन भए । मनोजकुमार साह कोषाध्यक्ष बने ।
त्यस्तै सदस्यहरुमा गणेश जिम्बा लामा, अर्जुनभक्त राई, जितसिं मोक्तान, मानबहादुर लामा, सारदा धिमाल, विष्णुकुमार श्रेष्ठ, पवन अगस्ती, ममता राई, अनिल राई, सरिता श्रेष्ठ, रमेश गुरुङ तथा पासाङ शेर्पा रहेका छन् ।

Comment