तेक्वान्दोमा सीतापाइला विजेता

taeke
आयोजक सीतापाइला तेक्वान्दो डोजाङ ‘ए’प्रथम सीतापाइला उपत्यकाव्यापी आमन्त्रण तेक्वान्दो प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेको छ । सीतापाइला ‘ए’ ले ५ स्वर्ण जित्यो । विजेश्वरी ज्ञानमन्दिर ३ स्वर्णसहित दोश्रो भयो । तेश्रो बनेको दिलिप स्मृति ब्वाइज युनियन तेक्वान्दो डोजाङले २ स्वर्ण हात पा¥यो । टिममा शीर्ष तीन स्थान हासिल गरेकाले क्रमशः २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार जिते ।
सीतापाइला ‘ए’ का लागि पुरुष २५ केजीमुनि मोफी देवकोटा, ३८ केजीमुनि विधान श्रेष्ठ, ४२ केजीमुनि दीपेश खत्री तथा ४९ केजीमुनि शैलेश गिरीले स्वर्ण जिते । महिलाको ४६ केजीमुनि सीतापाइला ‘ए’ की आयशा लामा पहिलो भइन् ।
विजेश्वरीबाट महिला २५ केजीमुनि लक्ष्मी सुनाखरी मगर, ३८ केजीमुनि सदीक्षा कार्की तथा ४९ केजीमुनि विनिका जोशीले पहिलो स्थान हात पारे ।
विजेतालाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गरे ।दुईदिने प्रतियोगितामा १ सय ७० खेलाडीले १२ स्वर्णका लागि प्रतिस्पर्धा गरेको प्रतियोगिता संयोजक बब्लु सिवाकोटीले जनाएका छन् ।

Comment