शैलेश र निरज सेमिफाइनलमा

taekwondoe
आयोजक सीतापाइला तेक्वान्दो डोजाङ ‘ए’ का शैलेश गिरी र साइरस स्कुलका निरज लामा प्रथम सीतापाइला उपत्यकाव्यापी आमन्त्रण तेक्वान्दो प्रतियोगिताको पुरुष ४९ केजीमुनि शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् । उनीहरुसंगै आ–आफ्नो खेल जित्दै काठमाडौंका युवराज लामा र युनाइटेडका प्रवीण तामाङ पनि सेमिफाइनलमा पुग्न सफल भए ।
पुरुषको ३८ केजीमुनि इचंगुनारायणका राजकुमार बराइली, आयोजक ‘ए’ का विधान श्रेष्ठ, युनाइटेडका पुजन खड्का तथा कोटेश्वरका तपेन्द्र साउद थापा सेमिफाइनलमा पुगे ।
प्रतियोगताको पूर्व अर्थ मन्त्री सुरेन्द्र पाण्डेले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगितामा १ सय ७० खेलाडीले १२ स्वर्णका लागि प्रतिस्पर्धा गरिरहेको प्रतियोगिता संयोजक बब्लु सिवाकोटीले जनाएका छन् ।
टिममा प्रथम हुनेले १५ हजार, दोश्रोले १० हजार र तेश्रोले ५ हजार नगद पुरस्कार हात पार्नेछन् । प्रतियोगिता शनिबार सम्पन्न हुने छ ।

Comment