बटरफ्लाई होमद्धारा तेक्वान्दो प्रशिक्षकद्धय कुँवर सम्मानित

kunware
तेक्वान्दो प्रशिक्षकद्धय यादव कुँवर र कल्याण कुँवरलाई सम्मान गरीएको छ । बुढानिलकण्ठ स्थीत बाडेँपाखा आयोजीत एक कार्यक्रममा प्रशिक्षकद्धय कुवँरलाई प्रारम्भीक बाल विकास केन्द्र(इसिडिसि)ले सम्मान गरेको हो । कुँवर दाजुभाइलाई तेक्वान्दो खेल विकास गर्दै केन्द्रका बालबालिकालाई राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल तथा बालबालिको उत्पेरणका लागि विभिन्न खेल प्रशिक्षण गरेकोमा सम्मान गरीएको थियो । प्रशिक्षक कुँवरलाई सन् २०१२ को सिएनएन हिरो पुस्पा बस्नेत र हलिवड निर्देशक थोमस मोर्गनले खादा तथा सम्मानपत्रद्धारा सम्मान गरे । इसिडिसि तथा बटरफ्लाई होम नामक संस्था सन् २०१२ को सिएनएन हीरोको उपाधि जित्ने सफल पुस्पा बस्नेतद्धारा सञ्चालित संस्था हो ।
सोही संस्थामा कुँवरदाजुभाईले इसिडिसि तेक्वान्दो डोजाङको माध्यमबाट त्यहाका बालबालिकालाई सन् २०१३ देखि प्रशिक्षण गराउदै आएका थिए । यादव कुँवर चौथो विश्व पारा तेक्वान्दोमा कास्य र पाँचौ विश्व पारा तेक्वान्दोमा रजत पदक विजेता समेत समेत हुन् । तथापी हाल प्रशिक्षकद्धय पारा खेलाडी विकासमा सक्रिय छन् । उनिहरु नेपाल पारा तेक्वान्दो तथा ह्विलचियर तेक्वान्दोको खेलाडीको प्रशिक्षक हुन् ।

Comment