तेक्वान्दो टोली थिम्पु प्रस्थान

team taeke
दोश्रो अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप तथा प्रथम अन्तर्राष्ट्रिय तेक्वान्दो पुम्से च्याम्पियनसिपमा सहभागी हुन ९ खेलाडी सहित १५ सदस्यीय नेपाली टोली बिहीबार भुटानको थिम्पु प्रस्थान ग¥यो । मे २० देखि २२ तारिखसम्म हुने उक्त प्रतियोगितामा ५ पुरुष र ४ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
महिलाको ३४ केजीमुनि तौल समूहमा सितुसिंह मास्के, ३१ केजी मुनि सुप्रिया तामाङ, ४६ केजी मुनि एन्जिला योञ्जन, ४९ केजीमुनि सुस्मिता थापा तथा ५३ केजीमुनि पार्वती गुरुङले प्रतिस्पर्धा गर्ने छन् ।
पुरुष ५२ केजीमुनि शिशिर श्रेष्ठ र दीपक न्यौपाने तथा ७२ केजीमुनि अर्जुन क्षेत्रीले भाग लिने छन् । त्यस्तै २९ देखि ३९ वर्षसम्मको पुरुष एकल पुम्सेमा सञ्जय व्यञ्जन्कारले आफ्नो कौशल प्रदर्शन गर्ने छन् । सितु, सुप्रिया, सुस्मिता, पार्वती र शिशिरले पनि पुम्सेमा सहभागिता जनाउने छन् ।
नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शमशेर राणाको नेतृत्वमा जाने टोलीको व्यवस्थापकमा सरोज बाँस्कोटा, प्रशिक्षकमा कुमार लामा घिसिङ र प्रकाशमान राजभण्डारी रहेका छन् । प्रतियोगितामा नोर्बु लामा र रविन जोशीले निर्णायकको भूमिका निर्वाह गर्ने छन् ।

Comment