ह्वाइटफिल्ड तेक्वान्दो खेलाडीको बिदाइ

white fielde
खुशीबुँस्थित ह्वाइटफिल्ड स्कुलले भुटानको थिम्पुमा हुने दोश्रो भुटान अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा खेल्ने खेलाडी र प्रशिक्षकलाई बुधबार बिदाइ गरेको छ । दुई महिला खेलाडी र प्रशिक्षकसहित टोली ३ सदस्यीय रहेको छ ।यु–१४ उमेरसमूहमा सुप्रिया तामाङले ३१ केजीमुनि तथा सितुसिंह मास्केले ३४ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गर्ने छन् । दुवै खेलाडीले एकल पुम्सेमा पनि सहभागिता जनाउने छन् ।
प्रशिक्षकमा ह्वाइटफिल्डकै कुमार लामा घिसिङ रहेका छन् । मे २० देखि २२ तारिखसम्म हुने उक्त प्रतियोगितामा नेपालबाट अन्य खेलाडीले पनि भाग लिने छन् । ह्वाइटफिल्डले आफ्ना खेलाडीलाई मात्र बिदाइ गरेको हो । समग्र टोलीको भने बिहीबार बिदाइ हुँदैछ । टोली बिहीबार नै थिम्पु प्रस्थान गर्दैछ ।
ह्वाइटफिल्डका टोलीलाई भाइस प्रिन्सिपल पारस श्रेष्ठले तेक्वान्दो पोशाक, ट्रयाकसुट र राष्ट्रिय झण्डा हस्तान्तरण गरी बिदाइ गरे ।

Comment