राष्ट्रिय सोतोकान कराते प्रतियोगिताको उपाधि नरहरीपुरलाई

sotokan bhaktapure
दोस्रो अनन्तलिंङ्गेश्वर राष्ट्रिय सोतोकान कराते प्रतियोगिता–२०७३ को उपाधी काठमाडौंको नरहरीपुर डोजो टिमले हात पारेको छ । सोतोकान कराते–डो संघ नेपाल, भक्तपुरको आयोजनामा भक्तपुरको अनन्तलिङ्गेश्वर नगरपालिका स्थित महेन्द्र शान्ति माविमा १ जेठमा सम्पन्न प्रतियोगितामा ७ स्वर्णसहत काठमाडौंको नरहरीपुर डोजो टिमले उपाधी हात पारेको हो ।
प्रतियोगितामा ६ स्वर्णसहित भक्तपुर डोजो फस्ट रनरअप भएको छ भने भक्तपुर सोवोकान वेष्ट डिसिप्लेन टिम घोषित भएको छ । विजेता टिमलाई क्रमश ः नगद पुरस्कार ५ हजार, फस्ट रनरअपलाई २ हजार ५०० र उत्कृष्ट पुरुष तथा महिला टिमलाई जनही २ हजारसहित ट्रफी र मेडल प्रदान गरिएको थियो ।
२२ स्वर्ण, २२ रजत र ४४ कास्य पदकका लागि भएको सो प्रतियोगितामा काठमाडौं उपत्यका लगायत धादिङ, काभ्रे, कास्की, चितवन लगायतका जिल्लाबाट २ सय खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा रमेश गिरी र राखेप प्रचार शाखाका अधीकृत दुर्गा दुलाललाई सम्मान गरिएको थियो ।
कार्यक्रममा विशेष अतिथि अनन्तलिंगेश्वर नगरपालिकाका कार्यकारी अधिकृत होतराज लम्साल, मुक्ति श्री प्रालिका पिआरओ श्यामसुन्दर शर्मा, नेपाल कराते महासंघका महासचिव हरिशरण केसी, सातेकान कराते महासंघका अध्यक्ष निवासगोपाल वैद्य, लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय अध्यक्ष देव शेरचन लगायतले पुरस्कार तथा सम्मान पत्र प्रदान गरे ।संघले यस प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने १० खेलाडीलाई आगामी नोभेम्वरमा बंगलादेशमा हुने कराते प्रतियोगितामा सहभागी गराउने संघका अध्यक्ष अनिल श्रेष्ठले जानकारी दिए ।

Comment