वीर गणेशमानको नाममा ह्यान्डबल हुने
Manoj Shiama
15 May, 2016 9:48 pm
सदावहार खेलकुद समाजले जन आन्दोलनका सर्वोच्च कमान्डर एवं प्रजातन्त्रका पिता लौह पुरुष वीर गणेशमान सिंहको स्मृतीमा “प्रथम वीर गणेशमान सिंह कप राष्ट्रिय महिला तथा पुरुष ह्यान्डबल प्रतियोगिता” आयोजना गर्ने भएको छ ।
जेष्ठ १८ देखि २२ गते सम्म संचालन हुने प्रतियोगितालाई बुढानिलकण्ठ नगरपालीकाको विशेष सहयोग तथा नेपाल ह्यान्डबल संघको प्राविधिक सहयोगमा कपनस्थित ह्यान्डबल मैदानमा आयोजना हुने प्रतियोगिता संयोजक एवं काठमाण्डौ जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष दामोदर भट्टराई (बद्री)ले जानकारी गराए ।
प्रतियोगितामा पाँच विकास क्षेत्र र तीन विभागिय टोली गरि ८ टिमको सहभागीता रहेने संयोजक भट्टराईले जनाए ।