न्यू लिरा टिम च्याम्पियन

team lirae
न्यू लिरा कराते डोजो तेश्रो महान शिद्धार्थ उपत्यकाव्यापी खुला कराते प्रतियोगिताको टिम च्याम्पियन भएको छ । न्यू लिराले ५ स्वर्ण, ३ रजत र ४ कास्य जित्यो । ५ स्वर्ण, १ रजत र ३ कास्यका साथ जोरपाटी डोजो दोश्रो र ३ स्वर्ण र १ रजतका साथ आनन्द नगर डोजो तेश्रो भयो । बुद्ध जयन्तीको उपलक्षमा नेपाल सितेरियो कराते महान शिद्धार्थ शाखाको आयोजनामा भएको प्रतियोगितामा भक्तपुर मेन डोजोका सुभाष परियार पुरुष तर्फ र जोरपाटीकी एलिशा तामाङ्ग महिला तर्फ उत्कृष्ट खेलाडी घोषित भए ।
महान शिद्धार्थ स्कुलको प्राङ्गणमा भएको दुई दिने प्रतियोगिताको व्यक्तिगत कातामा पुरुष र महिला दुवै तर्फ न्यूलिराका खेलाडीहरु राजकुमार लामा र मन्दिरा थापाले स्वर्ण जिते । पुरुष तर्फ प्यारागनका दिनेश संखछे दोश्रो र गोजुरियोका रविन लामा तथा लैनचौरका सुजन चेपाङ्ग तेश्रो भए । महिला तर्फ लैनचौरकी शर्मिला श्रेष्ठ दोश्रो तथा भक्तपुरकी सरिता तामाङ्ग र जोरपाटीकी मिरा योञ्जन तेश्रो भए । बौद्धनाथ क्षेत्र विकास समिति र बौद्ध तामाङ्ग कल्याण गुठीको विशेष सहयोगमा भएको प्रतियोगिताको महिला ४५ केजीमा जोरपाटीकी अनिषा तामाङ्गले भक्तपुरकी करुणा श्रेष्ठलाई पराजित गर्दै स्वर्ण हात पारिन् । सरस्वती डोजोकी कृषला लामा र सुन्दरीजलकी डोल्मा तामाङ्गले कास्य जिते । ५० केजीमा जोरपाटीकी मन्दिरा योञ्जनले गोठाटारकी आयुषा ठकुरीलाई पाखा लगाउंदै स्वर्ण कब्जा गरिन् । तेश्रो स्थानमा गोजुरियोकी गृष्मा नेपाल र सुन्दरीजलकी सुनिता तामाङ्ग रहे । ५५ केजीमा न्यू लिराकी निरुपा तामाङ्गलाई पराजित गर्दै जोरपाटीकी एलिशा तामाङ्गले स्वर्ण जितिन् । न्यूलिराकी सुस्मिता वाईवा र जोरपाटीकी मिरा योञ्जनले कास्य पाए ।
पुरुषको ४५ केजीमा आनन्द नगरका सुनिल सिक्तानले स्वर्ण, रेम्वोकाईका राजु लामाले रजत र सरस्वतीका सागर चौलागाई तथा बुढानिलकन्ठका सम्विधान पौडेलले कास्य पाए । यस्तै ५० केजीमा रेन्वोकाईका हेमराज थारुले न्यूलिराका निराकार मान प्रधानलाई हराउंदै स्वर्ण जिते । ५५ केजीमा गोठाटारका राजीव त्रिपाठीले सरस्वतीका जोगमेर लामालाई पराजित गर्दै स्र्वण हात पारे ।
विजयी खेलाडीहरुलाई प्रमुख अतिथी बौद्धनाथ क्षेत्र बिकास समितिका अध्यक्ष सम्पूर्ण कुमार लामा, विशेष अतिथी नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष पुरेन्द्र विक्रम लाखे, बौद्ध तामाङ्ग कल्याण गुठीका अध्यक्ष खड्गजित लामालगायतले शिल्ड, मेडल तथा प्रमाण पत्र वितरण गरेका थिए ।प्रतियोगितामा उपत्यकाका २६ डोजोका ३६१ खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए ।

Comment