डोर टु डोर सम्पन्न

nabin team photoe

काठमाडौं जिल्ला तेक्वान्दो संघले आयोजना गरेको डोर टु डोर तेक्वान्दो प्रतियोगिताको पहिलो चरण सम्पन्न भएको छ । शनीबार दुइ नम्बर क्षेत्रको प्रतियोगिता सम्पन्न भएको हो । शनीबार सम्पन्न स्पर्धाका विजयी खेलाडीलाई काठमाडौ क्षेत्र नम्बर दुइका सांसद दिपक कुइकेलले पुरस्कार प्रदान गरे ।
प्रतियोगिताको महिला २७ किलोमा कोटेश्वर तेक्वान्दो डोजाङ्गकी सन्ध्या लामा र ३८ किलोमा सोही टोलीकी हिमानी थापा मगर पहिलो भए । ३४ किलोमा विद्या विकासकी अनीसा कार्की पहिलो भइन् । ५३ किलोमा कोटेश्वरकै मञजु लामा पहिलो भइन् ।
पुरुष ७४ मा उज्वल गुरागाइ,३७ किलोमा अमित चौधरी,४९ मा केवीन पाठक,४१ मा श्रीकृष्ण कार्की,४५ मा दिनेस साउद र ६३ मा विपुल थापा पहिलो भए । यसैगरी, महिला ३० किलोमा काठमाडौंकी सेजल राइ, ४२ मा लेमीना लामा र ४६ मा मनीता पाण्डे पहिलो भए । यी सबै कोटेश्वरका खेलाडी हुन् । यसैगरी, ४९ मामुलपानीकी चन्दु शाही तथा ५७ मा कोटश्वरकै सुष्मा श्रेष्ठ पहिलो भए । पुरुष ६८ किलोमा कोटेश्वरका शिब तामाङ्ग पहिलो भए ।
यसैगरी, पुरुष ३३ किलोमा विद्या विकासका अभिशेक कार्की र २९ किलोमा मुलपानीका विवेक श्रेष्ठ पहिलो भए । यसैगरी, २० किलोमा कोटेश्वरका सुदीप श्रेष्ठ, २४ किलोमा मुस्ताङ्ग तामाङ्ग, ५४ मा भुवन रायमाझी र ५८ मा युजल गुरुङ्ग पहिलो भए । यी चार खेलाडी कोटेश्वरकै हुन् ।
तेक्वान्दो राष्ट्रिय टोलीका प्रशिक्षक चेह सहित बरिष्ठ मुख्य प्रशिक्षक ध्रुब गुरुङ्ग, आयोजक डोजाङ्गका प्रमुख तथा तेक्वान्दो साहयक मुख्य प्रशिक्षक नबीन श्रेष्ठ, काठमाडौ जिल्ला खेलकुद विकास समितीका कोशाध्यक्ष केशब श्रेष्ठ ,तेक्वान्दो प्रशिक्षक, खेलाडी र अधीकारीको उपश्थिती थियो । कार्यक्रमको संयोजक प्रमोद पराजुली थिए ।

Comment