मध्यमाञ्चल टेटेमा सुवाल

टेबलटेनिसका पूर्व मुख्य प्रशिक्षक काठमाडौंका सुरेन्द्र सुवालको अध्यक्षतामा १० सदस्यीय मध्यमाञ्चल क्षेत्रीय टेबलटेनिस संघ गठन गरिएको छ । नवगठित क्षेत्रीय कार्यसमितिको उपाध्यक्षमा ललितपुरका जगदीश्वर प्रसाद जोशी, सचिवमा भक्तपुरका मोहनदास बासुकला तथा कोषाध्यक्षमा काठमाडौंकी नवीता श्रेष्ठ रहेको अखिल नेपाल टेबलटेनिस संघका उपाध्यक्ष धर्ममान वज्राचार्यले जनाएका छन् ।
पर्साका सञ्जय अर्याल, मोहत्तरीका अनिलघिमिरे, धनुषाका नवीनबहादुर सिंह, काभ्रेका सन्जिव ढुंगेल, दोलखाका सजल कार्की तथा काठमाडौंका प्रशान्त महर्जन सदस्यमा चयन भए ।

Comment