बालाजु डोजो च्याम्पियन

karate dudue
बालाजु डोजोले दक्षिण भेगीय खुला कराते प्रतियोगितामा टिम च्याम्पियनको उपाधि जितेको छ । शनिवार साझ सम्पन्न प्रतियोगितामा च्याम्पियन बालाजुले ९ स्वर्ण,५ रजत र ८ कास्य जित्न सफल भएको थियो । दोश्रो स्थानमा रहेको नरहरि डोजोले ७ स्वर्ण र ४ रजत जितेको थियो । त्यस्तै सतुङगल डोजोले ४ स्वर्ण र ४ रजत जित्यो । सतुङगल डोजोको आयोजनामा ंसंचालन भएको प्रतियोगितामा रजिना बिष्ट र लक्ष्मण बस्नेत उत्कृष्ट खेलाडि चुनिए । नरहरिपुर डोजोकी रजनीले महिला खुलातर्फ स्वर्ण जितेकी थिईन् । आयोजक सतुङगल डोजोका लक्ष्मणले पुरुष खुलातर्फ स्वर्ण जितेका थिए ।

Comment