तेक्वान्दो सम्बन्धी चलचित्र ‘रिलेशन’ले पत्रकार कल्याण कोषमा सहयोग गर्ने

taek natake
तेक्वान्दो खेलसँग सम्बन्धित चलचत्रि रिलेशनको पोष्टर नेपाल पत्रकार महासंघका सचिव धु्रव लम्सालले शुक्रबार एक कार्यक्रमबिच अनावरण गरेका छन् । नेपाली कथानक चलचित्र रिलेशनमा तेक्वान्दो खेलमार्फत समाजमा रहेको विकृति र विसंगती हटाएको कथाबस्तु रहेको छ ।
नेपाल पत्रकार महासंघ राजधानी प्रतिष्ठान शाखाले राष्ट्रिय पत्रकारिता दिवसको अवसर पारेर सो रिलेशन चलचित्रको च्यारिटी शो गरेर बचेको पैसाले कल्याणकारी कोष स्थापना गर्ने जनाएको छ । ‘कल्याणकारी कोषका लागि च्यारिटी शोबाट बचेको पैसा राखिने छ ।’ प्रतिष्ठान शाखा अध्यक्ष रामसूदन तिमल्सिनाले बताए ।
सबै क्षेत्र, जाजातीलाई जोड्न सक्ने खेलकुदसँग सम्बन्धी चलचित्र रिलेशनको च्यारिटी शो गर्न पाउनु आफ्नो लागि गौरवको विषय भएको तिमल्सिनाले बताए । समाजको विकृती र विसंगती हटाउनका लागि तेक्वान्दोमार्फत खेलिएको भूमिकालाई चलचत्रिमा देखाइएको चलचत्रिका निर्देशक दिपेन्द्र दाहालले बताए । महासंघका सचिव धु्रव लम्सालले खेलाडीलाई सकारात्मक रोलमा प्रस्तुत गरेर चलचित्र क्षेत्रमार्फत खेलकुदलाई महत्व दिइएकोले चलचत्रि सफल हुने बताए । नेपाल पत्रकार महासंघका सदस्य प्रकाश तिमल्सिनाले पत्रकारको कल्याणका लागि चलचित्रले च्यारिटी शो गर्ने अवसर प्रदान गरेकोमा धन्यवाद दिए । कार्यक्रममा नेपाल पत्रकार महासंघका सदस्य प्रदीप न्यापाने, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका महासचिव दीपक श्रेष्ठ, युनाइटेड युनिर्भसनेप्लिजतेक्वान्दो फेडेरेसन (युयुएनटीएफ) का महासचिव लव गोर्खाली, युयुएनटीएफ नेपाल च्याप्टर अध्यक्ष नोर्बु लामालगायतले आफ्नो धारणा राखेका थिए ।
देशकै सर्वाधिक सफल र लोकप्रिय खेल तेक्वान्दोले समाजको विसंगति र विकृति हटाउनका लागि खेलेको भुमिकालाई प्रस्तुत गरेर खेलप्रति सकारात्मक पक्ष संचार गर्नका लागि पनि चलचत्रि सफल हुने विश्वास गरिएको छ ।
नेपालको उच्च पहाडी जीवन शैलीमा रहेका नकारात्मक पक्षलाई परिवर्तन गरी सकारात्मक बनाउन, तेक्वान्दो उपयुक्त माध्यम बन्न सक्छ भन्ने कुरा ‘रिलेसन’ले देखाउन खोजेको निर्माता तथा नायक दिवाकर डान महर्जनका प्रतिनिधिका रुपमा कार्यक्रममा उपस्थित रहेका रिकेश महर्जनले बताए ।तेक्वान्दोमार्फत् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान बनाएका निर्माता ग्रान्डमास्टर दिवाकर डान महर्जन चलचित्रको मुख्य भूमिकामा छन् । तेक्वान्दोको विषय वस्तु भएकाले उनको अभिनय जीवन्त रहेको छ ।
तेक्वान्दोसँग सम्बन्धित रहेकाले यसमा तेक्वान्दोका दिवाकर डान महर्जनबाहेक ईश्वरमान वज्राचार्य, मनिता शाही, अष्ट महर्जन, रामचन्द्र ब्यञ्जनकार, क्रिष्टिना, मास्टर सीता राई, डा. टर्डको अभिनय र कला देख्न पाइने छ ।
त्यसैगरी नेपालमा तेक्वान्दो भित्राउने जे के सिंनको ‘स्कुलिङ’लाई समेत चलचित्रमा समावेश गरिएको छ । यसबाहेक उपेन्द्र तिमल्सिना, गीता अधिकारी, महिमा सिलवाल, सुशील पोखरेलको महत्वपूर्ण भूमिका रहेको छ । चलचित्रमा द्वन्द्व निर्देशन अष्ट महर्जन र कुमार महर्जनले गरेका छन् । संगीत जुगल डंगोलको रहेको छ । गोविन्द राई र गोविन्द पर्वतले नृत्य निर्देशकको कार्य गरेका छन् । नेपाललाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पदक दिलाउने खेलको रुपमा रहेको तेक्वान्दोले समाजमा सकारात्मक प्रभाव पार्न सक्छ भन्ने कथामा घुमेको रिलेशन खेलकर्मीले एक पटक हेर्नैपर्ने चलचित्र बनेको दावी गरिएको छ ।

Comment